पुस ३, काठमाडौँ
। ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो लटको खोप आइपुगेको छ
। पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने यो खोपको पहिलो
लटको खोप नेपाल आइपुगेको हो ।
चिनियाँ
कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप ‘ग्लोबल एलायन्स फर भ्याक्सिन
एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा नेपाल आएको हो ।
मंगलबार
बेलुका ४ लाख ६० हजार भाइल खोप आइपुगेको जानकारी स्वास्थ्य सेवा विभागको बाल
स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दिएका हुन ।
कुल १७
लाख ७० हजार २० भाइल खोप ‘एचपीभी
खोप अभियानका लागि आउने बताइएको छ भने त्यसमध्येको
पहिलो लट मंगलबार राति आएको हो । अब लट-लट गरि पुस अन्तिमसम्म सबै खोप आइसक्ने शाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता