असार २८, दाङ । एक बालकको मुत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तनाव उत्पन्न भएको छ।
घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीलाई मंगलबार साँझ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताएका छन ।
मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो । उनलाई थप चेकजाँचका लागि भन्दै बुधबार एमआरआई कक्षमा लाने क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगी सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । त्यसपछी आज बिहीबार बिहान भेन्टिलेटरमा बालकको मृत्यु भएको प्रहरीको भनाई छ।
मृतकका आफन्तले घटनापछि दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ समेत गरेका छन् । अहिले दुबे पक्षसँग वार्ता हुँदै गरेको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता