मंसिर
१७, काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
मन्त्रालय द्वारा आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवसको
अवसरमा ‘दिगो
विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व
र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
आजको प्रभातफेरी
कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो ।
अपाङ्गता
भएका व्यक्तिहरूका लागि प्रभातफेरीमा सहभागी भएकाहरुले समावेशी शिक्षालगायतका माग
राखेका थिए ।
सन् १९९२
मा संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।
- न्युज बहार संवाददाता