Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शनिबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ आयोजना गर्दै

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । शनिबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेल  समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् । राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत हुन् ।

सैनिक हेलिकप्टरद्वारा बढाइँ कार्यक्रममा पुष्पवृष्टिका साथै दुर्गा भजन र राष्ट्रिय गीतको धुन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सेनाले यस अवसरमा परेड प्रस्तुत गर्नेछन भने फूलपाती बढाइँअन्तर्गत राइफलबाट एकट्ठा र लहरे तथा तोपबाट पनि बढाइँ गर्ने छन । परेड गर्दा मा दुर्गायन्त्रको चिह्न बनाएरगरिनेछ ।

सेनाले बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन रही आएको छ । 

हनुमान ढोकाको दसैँ घरमा गोर्खाबाट ल्याइएको जमरा र फूलपाती भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने गरिन्छ । 

  • न्युज बहार संवाददाता

थप