मंसिर ११, काठमाडौँ । अब काठमाडौँको व्यस्त सहर
बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आएको छ
। आज बिहान १० बजेदेखि ‘पेलिकन
क्रसिङ’ भनिने यस
प्रकारको ट्राफिक लाइट सञ्चालनमा आएको हो ।
अटोमेटिक
ट्राफिक लाइट हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा जडान गरिएको छ ।
महानगरका
ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले जिल्ला अदालत बबरमहलस्थित अगाडिको सडकमा भने
१० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको
क्रसिङ राखेको बताएका छन ।
श्रेष्ठका
अनुसार ट्राफिक बत्तीमा पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार
गर्छन्। त्यसको केहीबेरमा ट्राफिक बत्तीमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ।
यस्तो
पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने
गर्दछ । यो आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको हो ।
- न्युज बहार संवाददाता