चैत २९, काठमाडौँ । मुस्लिम
धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व धुमधामका साथ मनाउँदै छन ।
सरकारले आज
परेको ईदको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
इस्लामिक
पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ईद । महिना दिनसम्म व्रत र प्रार्थना
गरिने रमजान महिनाको अन्त्यसॅंगै ईद पर्व मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत
समाप्त गर्ने पर्व भन्ने बुझिन्छ ।
अल्लाह
(भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने ईद पर्वमा इस्लाम परम्परा रहेको छ
।
- न्युज बहार संवाददाता