मंसिर २४, काठमाडौँ । देशको राजधानी काठमाडौँ
उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ ।
काठमाडौँ
उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको आज बिहान पौने ६ बजेको
रेकर्डले जनाएको छ । यो यस वर्षको
अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको वरिष्ठ मौसमविद
शान्ति कँडेलले जानकारी दिएकी छन । काठमाडौँमा यसअघि न्यूनतम तापक्रम ७.४ डिग्री
सेल्सियससम्म पुगेको थियो ।
- न्युज बहार संवाददाता