मंसिर २४, काठमडौँ । मानिसहरूले बाला चतुर्दशीको लागि पशुपति
क्षेत्रमा बत्ती बालेर जाग्राम बस्ने तयारी सुरु गरेका छन।
सोमबार
बिहान सतबीज छर्नको लागि पशुपति क्षेत्रमा आइतबार बेलुकीदेखि नै मानिसहरू बत्ती
बालेर जाग्राम बस्न थालेका हुन्।
पितृ
उद्धारका लागि उनीहरूको सम्झनामा बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा
लिँदै विशेष गरी शतबीज छर्ने गरिन्छ।
पशुपतिनाथलगायत
देशका अन्य शिवालयमा बाला चतुर्दशीको अघिल्लो दिन अर्थात मार्गकृष्ण त्रयोदशीको
दिन दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने प्रचलन
छ ।
पितृलोक पनि
यसरी बत्ती बाल्दा झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ।
- न्युज बहार संवाददाता