साउन २८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बर्खायामभरि बेच्न प्रतिबन्ध लगाउने तयारी थालेको छ ।
आइतबार अनुगमन
समिति बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले
जानकारी दिएका हुन ।
पानीपुरी, चटपटेजस्ता खुला ठाउँमा राखेर
बेचिने खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि
बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताएका छन ।
उनले भने ‘खुला दूध प्लास्टिकमा हालेर रबरले
बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ।’
यसैगरी काठमाडौँ
महानगरले पानीको जार लेउ लागेका, कुच्चिएका, टुटेफुटेका जारमा पानी बेच्न
नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ ।
- न्युज बहार संवाददाता