असोज २९, काठमाडौँ । तीन दिनमा उपत्यकाबाट महान् पर्व दसैँ मनाउनका लागि एक लाख ५० हजार यात्रुले बाहिरिएका छन् ।
दसैँ मनाउनका लागि घटस्थापनादेखि नै अधिकाशं सङ्घ संस्था, विद्यालय र कलेज र बन्द भएपछि यात्रु जन्मघर जान थालेका हुन्।
पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दिएका छन ।
- न्युज बहार संवाददाता