मंसिर
१२, काठमाडौँ । नेपालको परिवेशमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बृद्धी
भएको छ ।स्वास्थ्य
बिमामा आबद्ध हुने परिवारको सङ्ख्या आर्थिक वर्ष २०७९–८० अवधिमा बढेर ३९.१९ प्रतिशत बढेको छ। अब स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्या २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।
स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ का अनुसार ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस यो अवधिमा स्वास्थ्य बिमाको पहुँचमा पुगेको उल्लेख गरिएको छ ।
४३ लाख ९४ हजार ३ सय ९४ जनाले हालसम्म स्वास्थ्य बिमा नवीकरण गरेका छन् ।
कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या आ.व ०७९/८० मा स्वास्थ्य बिमामा आबद्ध छन् ।
- न्युज बहार संवाददाता