जेठ २७, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा तीन दिनअघि चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टी भएपछी दादुराको ब्रेकआउट भएको थियो ।
यसैबीच, परिवार कल्याण महाशाखाले दादुराको जस्तै लक्षण अन्य ६५ जनामा देखिएको जनाएको छ । दादुरा कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने संङ्क्रमण हो। दादुराको जस्तै लक्षण देखिने दर तीन दिनअघि ५२ जनामा थियो ।
दादुराको लक्षण देखिएका बिरामी ८ वर्षदेखि ३८ वर्षसम्म रहेको पाइएको महाशाखाले जनाएको छ । सोही लक्षण भएका दुई जनालाई अहिले अस्पतालमा उपचाररत छन।
- न्युज बहार संवाददाता