Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तौल घटाउँदै गर्दा कम खानु पर्ने फलफुलहरु

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

माघ १५, काठमाडौँ । यदी तपाई आफ्नो वजन (तौल) घटाउने प्रयास गर्दै हुनुहुन्छ भने तपाईंले उपभोग गर्ने फलफूलहरूमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । किनकि केही यस्ता फलफुलहरु छन जसमा चिनी र क्यालोरीको मात्रा बढी हुन्छ ।  यस्ता फलफुलले तपाईंको लक्ष्यलाई असर गर्न सक्छ ।

आउँनुहोस जाँनौ त्यस्ता फलफुलहरु जसलाई तपाईले तौल घटाउने समयमा खानु उचित हुँदैन ।

केरा - केरा स्वस्थ भए पनि, तिनीहरूमा चिनी र कार्बोहाइड्रेट पनि तुलनात्मक रूपमा उच्च हुन्छ। एउटा मध्यम केरामा लगभग १००-१२० क्यालोरी हुन सक्छ, त्यसैले यदि तपाईंले केरा दिनमा बारम्बार खाँदै हुनुहुन्छ भने यसले तपाईको तौल घटाउने भन्दा बढ्न सक्छ ।

अंगूर - अंगूर सानो हुन्छ तर चिनीले भरिएको हुन्छ। एक कप अंगूरमा १०० भन्दा बढी क्यालोरी हुन सक्छ, र तिनीहरूको उच्च चिनीको मात्राले इन्सुलिन स्पाइक निम्त्याउन सक्छ।

आँप - आँप स्वादिष्ट हुन्छ तर यसमा चिनी पनि उच्च हुन्छ । एउटा मध्यम आँपमा १५० भन्दा बढी क्यालोरी हुन सक्छ ।

चेरी – चेरीले विभीन्न स्वास्थ्य लाभहरू प्रदान गर्छन तर यदी तपाइ तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने चेरी राम्रो विकल्प भने होइन । यसमा पनि उच्च दरमा चिनीको मात्रा हुन्छ । एक कप चेरीमा लगभग ९० क्यालोरी हुन्छ ।

भुइँकटहर - भुइँकटहर भिटामिन र एन्टिअक्सिडेन्टले भरिएको हुन्छ, तर यसमा चिनी पनि उच्च हुन्छ। यसलाई धेरै खानाले क्यालोरीको अत्यधिक खपत हुन सक्छ ।

माथी दिइएका सबै फलफुलहरुलाई तौल कम गर्न प्रकृयामा पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ भन्ने चाँही होइन । तर तौल घटाउँदा, तिनीहरूलाई सन्तुलित मात्रामा सेवन गर्नु भने एकदमै महत्वपुर्ण हुन्छ । तौल कम गर्दै गर्दा जामुन, स्याउ र तरबूज जस्ता फलफूलहरूमा बढी ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ ।  जसमा चिनी र क्यालोरी कम हुन्छ।

  • सृजना प्याकुरेल

थप