साउन १, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर र वीर
अस्पतालमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ ।
यसअघि यी दुबै अस्पतालमा बिहान ९
बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो भने आज देखी ८ बजेबाट ओपिडी सेवा सुरु
भएको हो।
बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिएका छन ।
उनले दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको बताएका छन ।