Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरु आन्दोलनमा।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

असार २०, चितवन । चितवन जिल्लाको को भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रीएका छन।

आज बुधबार कर्मचारीले तीन महिनादेखिको तलब खान नपाएको भन्दै केहीबेर प्रशासन घेराउ समेत गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीले वैशाखदेखि नै तलब खान नपाएको बताएका छन् ।

अस्पतालमा कार्यकारी निर्देशक नियुक्ति नहुनाले अस्पताल भित्र विभिन्न समस्या देखिएको छ । एकातिर कर्मचारीले तलब नपाएको गुनासो छ त अर्को तिर फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।

गत वैशाखमा कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।

  • न्युज बहार संवाददाता

थप