Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, रुपन्देही । स्वास्थ्य सेवामा पहुँच ल्याउन  र सेवा प्रवाहलाई थप गतिशील बनाउनको तिलोत्तमा वडा नम्बर–५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख रामकृष्ण खाण, वडा–५ का अध्यक्ष रमेश डुम्रे लगायतले तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई करिब दुई लाखको लागतमा साइकल वितरण गरेका हुन् ।

नगर प्रमुख खाणका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो

उनले कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप