चैत
२२, काठमाडौँ। पुन एकपटक भारतबाट घर फर्किएका नेपालीहरूमा बढि मात्रामा कोरोना
संक्रमण देखिन थालेको छ।
नेपाल-भारत
सीमा बाँकेस्थित जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको स्रोतले
जनाएको छ।
जमुनाहा
नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले भारतबाट नेपाल आएकाहरूमा कोरोना
देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जानकारी दिइन्।
- न्युज बहार संवाददाता