पुस ११, बैतडी
। भारतबाट फर्किनेहरुमा सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ
। भारतका विभिन्न ठाउँमा पढाई तथा रोजगारीको लागी गएर स्वदेश फर्किनेहरूमा फेरि
कोरोना भाइरस देखिन थालेको हो ।
स्वास्थ्य
कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पछिल्लो डेढ सातायता नियमित
रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको छ ।
उनले भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश
गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको बताएका छन ।
यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना
सङ्क्रमण पुष्टि समेत भएको छ । कोरोनाको नयाँ भेरियन्ट भारतमा देखा
परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य
कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले सीमा नाकामा रहेको हेल्थ
डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको बताएका छन ।
- न्युज बहार संवाददाता