बैशाख
२८, काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्न थालेको छ।
बुधबार
पाँच सय पाँच जनामा गरिएको परीक्षणमा जम्मा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो केही दिन यता देखिकै सबै भन्दा कम
संक्रमण संख्या हो।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताएका छन।
उनले भने ‘नेपालमा खोपको प्रभाव देखियो, समुदायमा खोप लगाएमा मानिसको सङ्ख्या धेरै भएकाले सङ्क्रमण सर्न पाएन। त्यसैले सङ्क्रमण दर घटिरहेको हो।’
- न्युज बहार संवाददाता