वैशाख ३, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी गराएको छ ।
१ हजार ६०४ नमुनामध्ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
यस संख्या सँगै अब कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत आइशोसेलनमा ३७ जना, आइसीयूमा ११ जना र भेन्टिलेटरमा ४ जनाले उपचार गराइरहेका छन् ।
- न्युज बहार संवाददाता