बैशाख २६, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ९०२ नमूनामध्ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अहिले देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने आज मंगलबार कोरोना संक्रमण मुक्त भएर २६ जना घर फर्किएका छन् ।
- न्युज बहार संवाददाता