जेठ १, काठमाडौँ। आज देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने सोमबार मात्रै २२ जना कोरोना मुक्त भका छन।
- न्युज बहार संवाददाता