जेठ २, काठमाडौँ। आज पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार १०३ नमूनामध्ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै यस सँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ भने आज २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
- न्युज बहार संवाददाता