बैशाख ६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
यस्तै यस सँगै नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह समेत गरेको छ ।
- न्युज बहार संवाददाता