चैत २७, काठमाडौँ । हामी माझ प्रचलित एउटा भनाई छ गर्भवती अवस्थामा महिलाहरूले मेवा खान हुँदैन भन्ने । के यो सत्य हो त गर्भवती महिलाहरुले मेवा खान हुँदैन ? वा यो एउटा मिथ मात्र हो?
गर्भवती महिलाहरुलाई प्रायः काँचो वा अर्ध-पाकेको(आधा मात्र
पाकेको) मेवा नखान सल्लाह दिइने गरिन्छ । किनभने यस्तो काँचो वा आधा मात्र पाकेको
मेवामा लेटेक्स हुन्छ, जसले पाठेघरको संकुचन निम्त्याउन सक्छ । पाठेघरको
संकुचन हुनाले केहि महिलाहरुमा सम्भावित रूपमा गर्भपतन हुन सक्ने केही तथ्यहरुले
देखाएको छ । कच्चा मेवामा रहेको लेटेक्समा पपेन नामक इन्जाइम हुन्छ, जसले पाठेघरको
संकुचनलाई ट्रिगर गर्न सक्छ ।
यद्यपि सामान्यतया गर्भावस्थामा राम्रोसँग पाकेको मेवा मध्यम मात्रामा खान भने सुरक्षित नै मानिन्छ । यसमा भिटामिन ए र सी, फाइबर र फोलेट जस्ता पोषक तत्वहरू हुन्छन जुन आमा र बच्चा दुवैको लागि लाभदायक हुन सक्छ।
त्यसैले यदि तपाईं गर्भवती हुनुहुन्छ र मेवा खाने इच्छा हुन्छ भने पूर्ण रूपमा राम्रोसँग पाकेको मेवामा खानु पर्ने हुन्छ । तपाईंले गर्भवती अवस्थामा काँचो वा अर्ध-पाकेको मेवा खान बाट भने बच्नु नै उत्तम मानिन्छ ।
अर्को तर्फ तपाईंको विशिष्ट अवस्थाको लागि के सुरक्षित छ भनेर निश्चित गर्न सधैं आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नु सक्नु हुनेछ ।
- सृजना प्याकुरेल