Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, मकवानपुर । आकस्मिक बाहेकका सबै सेवाहरू हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले बन्द गरेका छन् । हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाले चिकित्सक कुटपिटको विरोधमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन ।

हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गएको जानकारी दिएका छन । 

सापकोटाले हेटौँडा अस्पतालको फार्मेसी र आकस्मिक सेवा सञ्चालनमा रहेको र बिरामी भर्ना, ओपिडी, ल्याब लगायतका सेवा बन्द रहेको जानकारी दिएका छन । उनले असुरक्षित महसुस गर्दै चिकित्सकहरूले काम गर्न नसक्ने बताएपछि सेवा प्रवाह बन्द भएको बताएका छन । 

त्यसैगरी हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै हेटौँडा अस्पतालका ७८ चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेसु सापकोटालाई बुझाएका हुन् । 

  • न्युज बहार संवाददाता

थप