Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एक स्वस्थ अन्न ‘बाजरा’

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, काठमाडौँ । के तपाइलाई युरिक एसिडको समस्या छ ? युरिक एसिड भनेको हाम्रो शरीरमा नै पाइने एक पदार्थ हो । शरीरको कोष यो टुक्रिदा यो उत्पादन हुन्छ शरिरमा यो पदार्थको मात्रा चाहिने भन्दा बढी भएको छ भने त्यस अवस्थालाई युरिक एसिड बढेको वा शरीरमा युरिक एसिडको मात्रा बृद्धी भएको भनिन्छ । युरिक एसिडको मात्रा बढेको अवस्थामा डाक्टरसँगको परामर्शमा औषधीहरुको सेवन गर्न सकिन्छ । तर औषधीसँगै केही घरेलु उपाएहरु पनि हुन्छन जसले युरिक एसिड भएको समयमा फाइदा दिन्छन र केही हद सम्म यसलाइ कम गर्न मद्दत गर्छन ।

युरिक एसिड बढेको समयमा खान मिल्ने एउटा घरेलु खाना हो बाजरा । बाजराको पिठोबाट बनेको खानेकुरा खाँदा युरिक एसिड कन्ट्रोलमा राख्न केही हद सम्म मद्दत गर्छ  बाजारा झट्ट हेर्दा कोदो जस्तै जस्तै देखिन्छ यसको दाना हुन्छ । यसलाई पिनेर यसको पिठोबा बनेको खाना खान सकिन्छ ।

युरिक एसिडमा बाजरालाई फाइदाजनक खानेकुराको रुपमा लिइन्छ । बाजारा एकदमै कम मात्रामा प्यूरिन पाइन्छ र यसमा फाइबर प्रशस्त हुन्छ । प्यूरिन कम र फाइबर बढी भएको खाना शरीरबाट युरिक एसिड हटाउन लाभदायक साबित हुन सक्छ ।

बाजरा एक स्वस्थ अन्न हो ।  यसमा त्यस्ता पोषक तत्त्वहरू हुन्छन जुन शरीरका लागि धेरै लाभदायक हुन्छन । विशेष गरी जाडो मौसममा यो पीठोको सेवन गर्नु फाइदाजनक मानिन्छ । यसले शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

बाजरामा प्रशस्त मात्रामा आइरन, फाइबर, जिङ्क, भिटामिन बी३  हुन्छ । यसका साथै यसमा प्रोटिन पनि प्रचुर मात्रामा पाइन्छ । दैनिक रूपमा बाजराको सेवन गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, तौल घटाउन र युरिक एसिड नियन्त्रण गर्न समेत मद्दत गर्छ ।

  • सृजना प्याकुरेल

थप