Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

छोरी जन्मने बित्तिकै बैंक खातामा ५ हजार जम्मा।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, रोल्पा । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ ।

यस कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले पारित गरेको हो। 

गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको जानकारी दिए ।

उनले यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको बताएका छन।

उक्त रकम बैंकमा खाता खोली सिधै खातामा जम्मा गरिने र २० वर्षसम्म झिक्न नपाइने व्यवस्था गरिने छ। 

  • न्युज बहार संवाददाता

थप