बैशाख ५, काठमाडौं । एकै दिन थप २
जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको आज मंगलबार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै आज मंगलबार मन्त्रालयले १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
यस संख्या थप भएपछी कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचारत रहेका छन् ।
- न्युज बहार संवाददाता