Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुइटा हेलिकप्टर परे दुर्घटनामा ।

  •   ४ वर्ष अघि | १६ चैत्र २०७९, बिहिबार

चैत १६, काठमाडौँ। बुधबार राति अमेरिकी सेनाका दुइटा हेलिकप्टर दुर्घटनामा परेका छन्।  

समाचार संस्था रोयटर्सले बुधबार राति केन्टकीमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको जनकारी गराएको छ।

दुबै हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको पनि बताइएको छ। 

अमेरिकी सेनाकी प्रवक्ता नन्डिस थुर्मनले चालक दलसहित स्थानीय  समयअनुसार राति १० बजे

उडेका दुई ब्ल्याक हक हेलिकप्टर केन्टकीको ट्रिग काउन्टीमा दुर्घटना भएको पुष्टि गरेकि छिन।

दुर्घटनाको पूर्ण जानकारी नआइसकेकाले दुर्घटनामा के-कति मानवीय क्षति भयो भन्नेबारे यकिन विवरण नरहेको उनले बताएकी छन्। 

उनले हेलिकप्टर कसरी दुर्घटनामा भन्नेबारे अनुसन्धान भइरहेको पनि बताइन्। 

  • न्युज बहार संवाददाता

थप