Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सडक दुर्घटनामा परी मृत्यु तिन जनाको मृत्यु

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । तीन नेपालीको कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार मंगलबार बिहान कुवेतको महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको हो ।

मृत्यु हुनेको पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत, नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगर रहेका छन ।

गौतमले उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप