चैत
२, काठमाडौँ। नेपाल र युएईबीचको क्रिकेट हेर्नका लागी प्रधानमन्त्री पुष्पकमल
दाहाल प्रचण्ड पनि त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।
प्रधानमन्त्रीले
विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल सुरु हुनु अघि नै मैदानमै पुगेर खेलाडीहरूलाई
शुभकामना दिएका छन्।
प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड नेपाली टिमको हौसला बढाउनका लागी मैदानमै उपस्थित भएका
हुन्।
यता
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा टस हारेर पहिले
फिर्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट
मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्न सुरु गरेका छन।
- न्युज बहार संवाददाता