मंसिर २८, काठमाडौँ । नेपालबाट पनि बिहीबार
राति हुन लागेको उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालको जुनसुकै
ठाउँबाट पनि आकाश खुलेको रहेछ भने खाली आँखाले नै उल्का वर्षा देख्न सकिने बताइएको
छ ।
आकाशमा
जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यस उल्का वर्षालाई खगोलविदहरुले
‘जेमिनिड्स’ नाम दिएका छन् ।
जेमिनिड्सलाई
अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भन्नुको कारण यो
उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको साना साना गोलाजस्तो आकाशबाट रंगीचंगी
वस्तु तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना हुने भएको छ ।
नेपालबाट
पनि यो रोचक उल्का वर्षा हेर्न सकिने छ । उल्का वर्षा नेपाली स्थानीय समयानुसार
बिहीवार मध्यरातपछि अवलोकन गर्न सकिन्छ । नेपालको जुनसुकै ठाउँबाट बिहीवार
मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई खाली आँखाले नै अवलोकन गर्न सकिने
वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यले बताएका छन ।
- न्युज बहार संवाददाता