साउन १५,
काठमाडौँ । पाकिस्तानको बम बिफोटमा मृत् हुनेको संख्या ४४ पुगेको छ। उक्त बिस्फोट इस्लामिक
पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा भएको थियो।
उत्तर–पश्चिमको बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा बम विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।
यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको पाकिस्तानी प्रहरीले जनाएको छ । अधिकारीहरुको सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्याइएको बताएका छन ।
कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।