मंसिर १४, काठमाडौँ । आजदेखि २८औँ सम्मेलन (कोप–२८) सुरु हुँदैछ ।
यो सम्मेलन
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको सामूहिक जलवायु
कार्यलाई तीव्रता दिने आह्वानका साथ गरिएको हो ।
आज देखी
सुरु भएको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) को
दुबईमा सयचालन हुने छ ।
जलवायु सङ्कटको
प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको र मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा
रेकर्ड गरिएको यस समयमा यो सम्मेलन हुन लागेको छ ।
कोप–२८ को
अध्यक्षता युएईले गरेको छ भने जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र
जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण रहेको छ।
- न्युज बहार संवाददाता