Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टी–२० विश्वकपको उपाधि भारतलाई

  •   २ वर्ष अघि | १६ असार २०८१, आइतवार

असार १६, काठमाडौँ । टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राती भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको हो । यो सँगै भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ । 

सन् २००७ मा भारतले पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दक्षिण अफ्रिका सामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सफल भयो ।

पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।

  • न्युज बहार संवाददाता

थप