चैत १४, काठमाडौँ । अमेरिकाको टेनेसी सहरको एक निजी स्कुलमा गोली चलेको छ। उक्त स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको समाचार एजेन्सिले जनाएको छ।
एक युवतीले न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी हुन्। गोली चलाउँदै गर्दा प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ।
बीबीसीले गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुने विद्यार्थीहरु सबै ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड पनि रहेकाछन् ।
२८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएको प्रहरीका जानकारी दिएको छ । तर उक्त महिलाको पनि गोली लागी मृत्यु भएकोले उनले यसरी स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुल्न सकेको छैन ।
- न्युज बहार संवाददाता