चैत १४, काठमाडौं । आगामी वर्षको जनवरीदेखि यशराज
फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन सुरु हुने भएको छ ।
यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान देखिने भारतीय
सञ्चारमाध्यमहरुले बताइरहेका छन ।
सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा बलिउडका यी दुई स्टारले सहकार्य
गरेका थिए ।
यशराजले निर्माण गर्ने यस फिल्मको बारेमा अहिले नै विस्तृत बताएको छैन ।
उनको यस बारेमा व्यापक ढंगमा फिल्मको घोषणा गर्ने तयारी छ । तर यो स्पाइ युनिभर्स संग सम्बन्धीत
फिल्म ‘टाइगर भर्सेस पठान’को काम सुरु भइसकेको छ ।
आगामी जनवरी २०२४ मा फिल्मलाई रिलिज गर्ने योजना रहेको छ।
हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका थियो।
- न्युज बहार संवाददाता