भदौ ९, काठमाडौँ । सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमणमा आउने पक्का भएको छ । उनी अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य हुन । उनी यही सेप्टेम्बरको पहिलो साता काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।
उनको नेपाल भ्रमणको क्रममा उनले युवा नेता, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, सांसद, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ ।
उनले अमेरिकी सहयोगमा सञ्चालित
प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने सिनेटर भ्यान
होलेनको अफिसले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता