Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसले लगायो युक्रेनलाई सैन्य विमान खसालेको आरोप

  •   ३ वर्ष अघि | ११ माघ २०८०, बिहिबार

माघ ११, काठमाडौँ । युक्रेनले सैन्य विमान खसालेको आरोप रुसको विदेश मन्त्रालयले लगाएको छ ।  रुसी सैन्य विमान इलुसिन–७६ युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । 

विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन ।  उनका अनुसार अहिले दुर्घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान भइरहेको जानकारी छ ।

उक्त विमानमा जम्मा ७४ जना सवार रहेका र ती सबैको मृत्यु भएको सरकारी समाचार एजेन्सी टासले जनाएको छ । समाचार एजेन्सीका अनुसार विदेश मन्त्रालयले यसलाई 'क्रूर' भनेको छ। 

  • न्युज बहार संवाददाता

थप