Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बलिउड चलचित्र ‘पठान’को किर्तीमानी कमाई ।

यो फिल्मले दिनहुँ कमाइको नयाँ रेकर्ड बनाइरहेको छ।

  •   ४ वर्ष अघि | २८ माघ २०७९, शनिबार

माघ २८, बलिउड एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ले विश्वव्यापी बक्स अफिस कलेक्शनमा नयाँ रेकर्ड बनाएको छ। फिल्मले दुई सातामा सबैभन्दा बढि कमाउने फिल्मको रेकर्ड बनाएको हो। फिल्मले भारतमा ५५८.४० करोड र विदेशमा ३४२.६० करोड रुपैयाँ गरी ९०१ करोड रुपैयाँ कमाएको यशराज फिल्म्सकाले जानकारी दिएको छ ।

फिल्म्सले तेस्रो शुक्रबार पनि भारतमा ५ करोड ९० लाख रुपैयाँ कमाएको एजेन्सी बताएको छ। ‘पठान’ले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो।

फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै शाहरुख खानको यो फिल्मले दिनहुँ कमाइको नयाँ रेकर्ड बनाइरहेको छ।

शाहरुख खान चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका हुन्। फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन्।

थप