भदौ ६, काठमाडौँ । भारतको मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँएको छ । पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन उक्त रेलवे पुल भत्किँता १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनाबारे मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन । जानकारी दिँदै मुख्यमन्त्रीले कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।
भारतीय सञ्चार माध्यमहरुले भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएको हुन सक्ने जनाएका छन् ।
- न्युज बहार संवाददाता