फागुन १०, काठमाडौं । अन्तर्राष्ट्रिय
विद्यार्थीहरूले अब अष्ट्रेलियामा हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । त्यस्ता
विद्यार्थीहरुको अध्ययनपछिको भिसा अवधि पनि थप हुने भएको छ ।
शिक्षा
मन्त्रालयको नयाँ नीति अनुसार शिक्षा मन्त्रालयको वेभसाइटमा हप्ताको २० घण्टा
कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको उल्लेख छ । यो नियम जुलाई १ बाट
प्रारम्भ हुने बताइएको छ ।
यस्तै अष्ट्रेलियाले
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम
गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई थप गर्ने भएको छ ।
अहिले विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि मात्र काम प्राप्त गर्ने भिसाको समयावधि अब भने बढाउन लागिएको हो ।संशोधित गरिएको नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको लागी पीएसडब्लु भिसा पाउने छन् ।
अष्ट्रेलियाका
शिक्षा मन्त्री ज्यासन कार्लीले स्नातकोत्तरका विद्यार्थीले ५ वर्षका लागी पीएसडब्लु
भिसा र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्षका लागी पीएसडब्लु भीसा प्राप्त गर्न
सक्ने जानकारी दिएका छन।