फागुन
१५, काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय
अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज
जित हात पारेको छ । सोमबार यूएईमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित
गरेको हो । पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दुबई अन्तर्राष्ट्रिय
क्रिकेट मैदानमा ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । कुशल भुर्तेलले नेपालका लागि ५६ रनको शानदार
अर्धशतकीय पारी खेले भने ६९ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए।
त्यस्तै नेपालको जितमा आसिफ शेखले ४४ रनको योगदान गरेका थिए भने यता नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको टार्गेट बनाएको थियो।
- न्युज बहार संवाददाता