फागुन २८, काठमाडौँ । नेपालले आईसीसी
क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईलाई जितका
लागि २४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ गरेको नेपालले
४९.२ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो।
कीर्तिपुरस्थित
त्रिवि मैदानमा २४८ रनको
लक्ष्य पछ्इरहेको युएईले भने खराब सुरुवात गरेको छ। नेपालले गरेको घातक बलिङमा युएइले आफ्नो आठौँ विकेट गुमाईसकेको छ। यस
सँगै नेपाल रनअन्तरको हिसावमा कीर्तिमानी जितको नजिक पुगेको छ । नेपालले एकदिवशीय
अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि पिएनजिमाथी १५१ रन अन्तरको जित निकालेको थियो ।
- न्युज बहार संवाददाता