Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

६.२ म्याग्नेच्युडको भूकम्पमा परि सयभन्दा बढीको मृत्यु

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तरपश्चिम चीनको ग्यान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पले सयभन्दा बढीको मृत्यु भएको छ।

सोमबार मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले खानेपानी, विद्युत् र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जानकारी दिएको छ । समाचार संस्थाका अनुसार नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेको छ भने मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

समाचार संस्थाहरूका अनुसार अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छ ।

 

  • न्युज बहार संवाददाता

थप