असार १४,
काठमाडौँ । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डलाई ६८
रनले पराजित गर्दै शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा भारत फाइनलमा प्रवेश गरेको
हो।
भारतीय टोली १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको
हो ।
इङ्ल्यान्डका कप्तान जोस बटलरले गुयानाको प्रोभिडेन्स
स्टेडियममा टस जितेर बलिङ रोजेकोमा थिए । पहिले व्याटिङमा उत्रीएको टीम इण्डियाले रोहित शर्माको
अर्धशतकको मद्दतमा इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो ।
इंग्लिस टोली उक्त लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा १०३ रन बनाउँदा नै अलआउट भएका छन ।
- न्युज बहार संवाददाता