माघ २५, काठमाडौँ । आज पाकिस्तानमा कडा
सुरक्षा प्रबन्धका बीच आम निर्वाचन हुँदै छ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान
हुने छ ।
मतदानको
पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३
जनाको मृत्यु भएकोले सेना, प्रहरी र
निर्वाचन आयोगलाई हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन चुनौतीपूर्ण
हुने ठानिएको छ ।
रेडियो
पाकिस्तानका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन
सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको जनाएको छ ।
- न्युज बहार संवाददाता