Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे अदालतमा आत्मसमर्पण।

  •   ४ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

चैत २२, काठमाडौँ। अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अदालतमा आत्मसमर्पण गरेका छन्।

मंगलबार म्यानहटन फौजदारी अदालतमा ट्रम्पले आत्मसर्मण गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पलेआत्मसर्पण गरेको बेलामा हत्कडी भने लगाइएको थिएन। उनलाई केहीबेर हिरासतमा राखियो र त्यसपछि केहीबेरमै  उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो। 

ट्रम्पविरूद्ध ३४ मुद्दा दर्ता भएका छन्। अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध यति धेरै मुद्दा लागेको पहिलो यो नै पहिलो घटना हो। 

ट्रम्पले मंगलबार अदालत उपस्थित भई आफूविरूद्ध लगाइएका सबै मुद्दाहरु अस्वीकार गरेका छन्।

ट्रम्पविरूद्ध अवैध रूपमा सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजपत्र गायब गरेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट  हाउसमा आक्रमण गराएकोलगायतका विभिन्न मुद्दा लगाइएको छ।ट्रम्पले भने यी सबै मुद्दाहरू नियोजित रहेको भन्दै अस्वीकार गरिरहेका छन्। 

  • न्युज बहार संवाददाता

थप