साउन २०, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तिन वर्षको जेल सजाय सुनाएको छ । तेहरिक-ए-इन्साफका अध्यक्ष तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री समेत रहेका इमरान खानलाई गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा ट्रयाल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले तिन वर्ष जेल सजायको फैसला सुनाएपछी खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
इस्लामावादको जिल्ला तथा सेसन अदालतले खानलाई एक लाख रुपैयाँ जरिवाना समेत तोकेको छ ।
यता तेहरिक-ए-इन्साफ
इमरानको पार्टीले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत
जाने जनाएको छ ।
- न्युज बहार संवाददाता